सुनको भाउ अब के होला ?

Table of Contents

काठमाडौ :  यो साता विश्व बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको देखिएको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुति र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मूल्यवृद्धि दरमा नियन्त्रण लगायतका कारणले सुनको मूल्य घटाउन सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् ।

यता, नेपाली बजारमा साताको पहिले ३ दिन स्थिर रहेको सुनको भाउ चौथो दिन अर्थात, बुधबार बढेको थियो । भाउ बिहीबार पनि स्थिर भाउ रह्यो । तर, शुक्राबार भने मूल्य ओरालो लागेको थियो । नेपाली बजारमा यो साता सुनको मूल्य प्रति १० ग्राम १७० रुपैयाँ बढेको छ । साताको पहिलो दिन अर्थात, आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८८५ रुपैयाँ रहेको भाउ मंगलबारसम्म स्थिर रह्यो ।

बुधबार सामान्य बढेर प्रति १० ग्राम १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको थियो । पछि शुक्रबारसम्म आइपुग्दा भाउ घटेर प्रति १० ग्राम १ लाख २१ हजार ५५ रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५६५ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ५४३ रुपैयाँ कायम भएको छ ।

समग्रमा हेर्दा विगत १ वर्षयता सुनको मूल्यमा उच्च वृद्धि भएको देखिन्छ । नेपाली बजारमा पनि निरन्तरजसो बढेर तोलाको करिब डेढ लाख रुपैयाँ नजिक आयो । यसरी निरन्तर बढेको बजारमा केही गिरावट आउनुलाई सामान्य मान्न सकिन्छ । यद्यपि, अझै मूल्यले आगामी दिनमा कस्तो रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ । 

विश्व बजारमै सुनलाई लगानीको सुरक्षित क्षेत्र मानिन्छ । अस्थिर राजनीति, युद्ध, डलर र तेलमा हुने उतारचढाव लगायतका कारण पनि सुनको सञ्चयमै लगानीकर्ता बढी आकर्षित भएको देखिन्छ ।

यस्तै, चीन लगायतका देशहरुले पनि भारीमात्रामा सुन सञ्चय गरिरहेका छन् । यसले पनि माग बढाएको छ । आगामी दिनमा पनि केही करेक्सनहरुका बाबजुत अझै भाउ बढ्न सक्ने पनि कतिपयले विश्लेषण गरिरहेका छन् ।

लगानीको सुरक्षित भएको, सञ्चय गर्न सजिलो, चाहिएको बेला सजिलै तरल सम्पतिमा रुपान्तरण गर्न सकिने, चीन लगायतका देशले ठूलोमात्रामा सञ्चय गर्नु, विश्वका कतिपय देशहरुमा अशान्ति फैलिनु अनि मागमा पनि क्रमशः वृद्धिका कारण केही समय घटे पनि अझै सुनको भाउले उचाई लिन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।

स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top