विमान दुर्घटनामा एक मात्र जिवित पाइलटको स्वास्थ्यमा सुधार, ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदै

सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा एक मात्र जिवित पाइलटको स्वास्थ्यमा सुधार देखिएको छ । दुर्घटनामा घाइते भएर उद्धार गरिएका पाइलट मनिष शाक्य ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

साउन ९ गते, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएपछि शाक्यलाई प्रहरीले उद्धार गरेर सिनामंगलकाे शिक्षण अस्पताल लगिएको थियो । त्यसयता, उपचारपछि अवस्था सामान्य भएकाे भन्दै अस्पतालले उनलाई आज डिस्चार्ज दिएकाे हाे ।

अस्पतालकी निर्देशक डा. मिना थापाका अनुसार क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार आइरहेको छ । थापाले भनिन्, “उहाँलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ । घरमा पनि उहाँको उपचारलाई निरन्तरता दिन्छौँ । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन ।’

उनले थपिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । तर तत्कालै काममा फर्किन सक्ने अवस्था भने छैन ।’

यद्धपी दुर्घटनाका विषयमा भने क्याप्टेन शाक्यले मुख नखाेल्ने भएका छन्। डा. थापाले पनि क्याप्टेनसँग यस बारेमा धेरै कुरा नगरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top