दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जनाकाे मृत्यु

Source : Merolagani

दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जनाकाे मृत्यु भएकाे छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको हाे ।

उक्त हेलिकप्टरमा पाँच जना नै सवार थिए । जसमध्ये एक नेपाली चालकसहित चार जना चिनियाँ सवार रहेको खुलेकाे छ । हेलिकप्टर पाइलट अरुण मल्लले उडाएका थिए ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।  तर उडेको ३ मिनेटमै नुवाकोटको सूर्यचौर पुगेयता हेलिकप्टर सम्पर्कमा थिएन। यद्धपी, त्यसकाे केहि समयमा शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको थियाे ।

बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको हो । खबर पाए लगत्तै घटनास्थलमा पुगेर सुरक्षाकर्मीहरूले उद्धार गरेका थिए । हाल, घटनास्थलबाट पाँच जनाकाे शव निकालि सकिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top