चिरख्वा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १ करोड नाघ्यो

SOURCE: MEROLAGANI

चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले विद्युत बिक्री गर्न थालेको छ।

 

कम्पनीले गत जेठ २० गतेदेखि विद्युत बिक्री शुरु गरेको विवरणमा उल्लेख छ। असार मसान्तसम्ममा कम्पनीले १ करोड १३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ८० लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको नोक्सानी भने अझै ३८ लाख ६१ हजार रुपैयाँ बाँकी छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ १७ पैसा रहेको छ।

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७३ लाख २५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top