नेपाल इन्सुरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

SOURCE: NEPALI PAISA 

काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीले आज (भदौ १९ गते) देखि ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top