नेप्सेले इन्ट्रा डे मा २८ सय नाघ्यो

काठमाडौं : नेप्से सूचकले थप उचाई लिएको छ । बिहीबार इन्ट्रा डे कारोबारमा सूचक २८ सय नाघेको हो । सूचक २८०५ विन्दुसम्म पुगेपछि पुनः २७ सयकै लाइनमा झरेर कारोबार भइरहेको छ । बजार बन्द हुने बेलामा सूचकको अवस्था कस्तो रहन्छ त्यो भने अन्तिमसम्म हेर्नुपर्ने हुन्छ ।
आम लगानीकर्ता उत्साहित हुँदा बजारले गति लिइरहेको छ । मौद्रिक नीतिमार्फत यसअघि कसिएका नीतिगत अप्ठेराहरु हटाइएका छन् । ब्याजदर सस्तो भएको छ । तरलता निकै सहज अवस्थामा छ । यी कारणहरुले बजारमा लगानीकर्ता उत्साहित भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top