दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुँदै

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुने भएका छन् । सर्वोच्च अदालतले केजरीवाललाई जुन १ सम्मको लागि अन्तरिम जमानत दिएको हाे। केजरीवालले दिल्ली मदिराकाे नीतिगत घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडी अनुसन्धानको सामना गरिरहेका थिए ।

उनी हाल तिहाड जेलमा छन् । केजरीवाललाई (अहिले निष्क्रिय) दिल्ली एक्साइज नीति २०२१-२२ मा कथित अनियमिततासँग सम्बन्धित मनी लान्ड्रिंग अनुसन्धानको सम्बन्धमा ईडीले मार्च २१ मा पक्राउ गरेको थियो।

ईडीले केजरीवालको जमानत आवेदनको विरोध गर्दै सर्वाेच्च अदालतमा शपथ पत्र दायर गरेको थियो। जसमा केन्द्रीय निकायले निर्वाचनमा प्रचारप्रसार गर्ने अधिकार मौलिक हक र संवैधानिक अधिकार नभएको बताएको थियो । साेही समयमा, केजरीवालका वकिलहरूकाे टोलीले ईडीको शपथपत्रमा कडा आपत्ति जनाएको थियो। तर,ईडीका सबै तर्कलाई बेवास्ता गर्दै अदालतले केजरीवाललाई अन्तरिम जमानत दिएको हाे।

Source: Merolaani

Resize text
Scroll to Top