सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने

सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा सो सभा बोलाएको हो। सो सभा बेलुका ४ बजे शुरु हुनेछ।

सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Resize text
Scroll to Top