रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः महामन्त्री मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले रास्वपालाई रविकाे पार्टी नबनाउन आग्रह गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक यस्ताे बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं,’ उनले भने ।

३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top