सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ३२ करोड, प्रतिसेयर आम्दानी कति ?

SOURCE NEPALI PAISA 

Table of Contents

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्ष यसले १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब परेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । ५ अर्ब ८२ करोड रहेको उक्त आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा पनि १९.३२ प्रतिशतले घटेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४५ प्रतिशत बढेर १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

चक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको सिटिजन्सको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ जम्मा रहेको छ । त्यस्तै यसको वितरण योग्य नाफा ६१ करोड ६१ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १५१.८१ रुपैयाँ छ । एनपीएल ४.०७ प्रतिशत कायम भएको छ ।

https://www.nepalipaisa.com/news-detail/72187

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top