सुनको भाउले किन रेकर्डमाथि रेकर्ड ब्रेक गर्दैछ ?

Table of Contents

 SOURCE : NEPALI PAISA

काठमाडौं : यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मध्यपूर्वमा बढ्दो तनाव, अमेरिकी आर्थिक कमजोर हुने आँकलनका कारण सुनको मूल्य उच्च रहेको विश्लेषकहरुले बताएका छन् । नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात, आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ९१५ रुपैयाँ रहेको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ लाख २८ हजार ५१५ रुपैयाँ कायम भएको छ । १ सातामा प्रति १० ग्राम सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढेको छ । 

शुक्रबारसम्म सुनको भाउ तोलामा १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७४० रुपैयाँ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ७९५ रुपैयाँ कायम भएको छ  ।

पछिल्लो एक वर्षयता लगातारजसो सुनको भाउ बढिरहेको छ । सञ्चय गर्न सजिलो, भविष्यमा राम्रो मुनाफाको सम्भावना लगायतका कारण पनि लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । यस्तै, विश्वभर बेलाबेला फैलिने आतंक, लडाईं लगायतका कारण पनि सुरक्षित लगानीको खोजीमा लगानीकर्ता रहँदा सुनको माग बढेको हो । विश्वभर माग बढेकै कारण मूल्य पनि वृद्धि भएको हो । चीन लगायतका मुलुकहरुले पछिल्ला दिनहरुमा सुनको सञ्चय बढाइरहेका छन् । 

यस्तो रह्यो साताभर सुन–चाँदीको भाउ 



https://www.nepalipaisa.com/news-detail/72186

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top