नेपाल फाइनान्सको नाफा घट्यो, कस्ता छन् प्रमुख वित्तीय सूचक ?

Table of Contents

SOURCE NEPALI PAISA 

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज र सञ्चालन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा यस फाइनान्सको खुद नाफा प्रभावित भएको हो ।

अघिल्लो वर्ष २ करोड ५० लाख ३९ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ ।

https://nepalipaisa.com/news-detail/72193?fbclid=IwY2xjawEbxgdleHRuA2FlbQIxMQABHe8bJtZZjHkMI610dDg5uDCt3HhGKcXpRsOYsrmDYIWeiZHSdiW88sXtIg_aem_eytXNnJDx_sWBxhtJfbkFg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top