ग्रीन डेभलपमेन्ट बैंकको नाफा १३४ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३४.३८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, यस बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । १५ करोड ८७ लाख रहेको उक्त आम्दानी ८.१० प्रतिशत बढेर १७ करोड १६ लाख रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा पनि १२१.२३ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४६.८० प्रतिशत घटेर २  करोड ८९ लाख रुपैयाँ कायम भएको हो ।
चक्ता पुँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँ रहेको ग्रीनको रिटेन्ड अर्निङमा ३ करोड ४४ लाख रुपैयाँ  रहेको छ । त्यस्तै, यसको वितरणयोग्य नाफा भने ३ करोड १२ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने ११६.२३ रुपैयाँ छ । एनपीएल ३.१८ प्रतिशत कायम भएको छ ।

https://www.nepalipaisa.com/news-detail/72209

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top