एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

nepalipaisa

नेपाली पैसा
 
काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४४.१९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६.१६ प्रतिशतले घटेको छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ९० करोड ३५ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी सामान्य बढेर ५ रुपैयाँ ९१ पैसा (वार्षिक) कायम रहेको छ । एक्सेलको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४६ पैसा छ ।

https://www.nepalipaisa.com/news-detail/72300

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top