खराब कर्जा बढेपछि एनआइसी एसिया लघुवित्तको खुद नाफा घट्यो

SOURCE: NEPALI PAISA 

 

nepalipaisa

नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३२.८२ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यसले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असारसम्म आइपुग्दा कम्पनीको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । एनआइसी एसिया लघुवित्तको खराब कर्जा चुलिँदा खुद नाफा घटेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।
खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ९५ करोड १६ लाख रुपैयाँमा झरेको छ । यस्तै, सञ्चालन नाफा ४९.७१ प्रतिशतले घटेर २१करोड १२ लाख रुपैयाँमा आएको छ ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसाबाट घटेर ७ रुपैयाँ ३१ पैसा (वार्षिक) मा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा छ ।

https://www.nepalipaisa.com/news-detail/72356

CHRT FROM NEPSE ALPHA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top