सान्जेनको विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ७८ लाख, कम्पनी भने घाटामा

Source: Nepali Paisa 

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ५३ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड २८ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत उत्पादन सुरु गर्दा पनि घाटामा गएको छ । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
यता, वित्तीय खर्च पनि १७ करोड १९ लाख रुपैयाँ रहेको छ । उक्त खर्च बढ्दा यो कम्पनी घाटामा गएको हो । ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३९ करोड ६६ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ४.२६ रुपैयाँ नोक्सानीमा र प्रतिसेयर नेटवर्थ ८९.१३ रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top