भोल्यूमले निरन्तर दास्रो दिन बनायाे अलटाइम हाइ रेकर्ड, नेप्से २९०० विन्दुमाथि

नेपाली धितोपत्रको दोस्रो बजारमा भोल्यूमले निरन्तर दोस्रो कारोबार दिन अलटाइम हाइ रेकर्ड बनाएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएर भाेल्यूममा अलटाइम हाइ रेकर्ड बनेकाे बजारमा, यस दिन २७ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ।

 

सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। आइतबार साढे ९४ अंक बढेको नेप्से, यस दिन ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अंक बढेको छ।

यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top