धेरै आम्दानी गरेर पनि बढी घाटा खानेमा अपर तामाकोशी, अरु कुनको अवस्था कस्तो छ ?

COPIED FROM NEPALI PAISA
काठमाडौं : सूचीकृत ३४ वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार समग्रमा ती कम्पनीहरुको नोक्सानी व्यहोरेका छन् । यद्दपि, अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी मात्रै २ अर्ब ६८ करोड रुपैयाँ रहेकाले यिनीहरु समग्रमा घाटामा देखिएका हुन् ।
प्रायः अपरले अरेक त्रैमासमा घाटा खाएको रिपोर्ट सार्वजनि गर्ने गरेको देखिएको छ । कर्जाको ब्याज धेरै पर्न जाँदा कम्पनी घाटामा जाने गरेको छ । रिपोर्ट अनुसार सबै भन्दा धेरै आम्दानी गरेर पनि बढी घाटामा खाने कम्पनीमा अपर तामाकोशी देखिएको छ । यसले २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । जबकि कम्पनीले ८ अर्ब ७५ करोड रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको देखिन्छ ।
चुक्ता पुँजी पनि अपर तामाकोशीकै धेरै छ । यसको २१ अर्ब १८ करोड रुपैयाँ बराबरको चक्ता पुँजी रहेको छ । दोस्रोमा, चिलिमेको ७ अर्ब ९८ करोड ३९ लाख, मध्य भोटेकोशीको ६ अर्ब, अरुण हाइड्रोपावरको ३ अर्ब ७३ करोड रुपैयाँको पुँजी रहेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको चुक्ता पुँजी सबैभन्दा कम १२ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ ।
सबैभन्दा धेर जगेडा कोष चिलिमे हाइड्रोपावरको रहेको छ । यसको उक्त कोषमा २ अर्ब ८० करोड जम्मा छ । त्यस्तै, साहस उर्चाको २ अर्ब ५६ करोड रुपैयाँको जगेडा कोष ्रहेको छ ।
यता, अपर तामाकोशीको रिटेन्ड अर्निङ ९ अर्ब १३ करोड (सेयर प्रिमियलाई जोडिएको) ऋणात्मक छ । त्यस्तै, मोदी इनर्जीको पनि रेटिन्ड अर्निङ १ अर्ब ३ करोड ऋणात्मक छ । जम्मा २० वटा कम्पनीको जगेडा कोष ऋणात्मक छ ।
यता, सबैभन्दा धेरै आम्दानी गर्नेमा अपर तामाकोशी अगाडि देखिएको छ । यसले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड आम्दानी गरेको छ । दोस्रोमा, साहस उर्जाले २ अर्ब ४४ करोडको व्यापार गरेको छ । चिलिमेले १ अर्ब १२ करोडको आम्दानी गरेको सेयर स्क्रिनिङ सफ्टवेयर स्मार्ट वेल्थ प्रोले जनाएको छ । यता, मध्य भोटेकोशीले भने हालसम्म विद्युत उत्पादन गरेको छैन ।
सबैभन्दा धेरै नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर अगाडि छ । यसले ६५ करोड २९ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । दोस्रोमा, साहस उर्जाले ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
रिपोर्ट सार्वजनिक गर्ने कम्पनीहरु मध्ये १७ नाफामा छन् । यता, रु रु जलविद्युतको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । यसको उक्त आम्दानी १४.९३ रुपैयाँ छ । कुथेलीको १२.९३, साहसको ११.८९ रुपैयाँ इपीएस रहेको छ ।

https://www.nepalipaisa.com/news-detail/72495

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top