सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि किन घट्यो नाफा ?

nepalipaisa

Nepali Paisa

In this article:

नेपाली पैसा 
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १८.५१ प्रतिशतले घटेर १७ करोड ४२ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, सञ्चालन आम्दानी भने १८.४७ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ३८ करोड २ लाख ६५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आम्दानी बढेपनि यसको बिक्री लागत बढ्दा खुद नाफा प्रभावित भएको हो ।
बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ । चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ ।

https://www.nepalipaisa.com/news-detail/72535

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top