आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरीको आम्दानी ८ करोडबाट १८ करोड पुग्यो

SOURCE : NEPALI PAISA

काठमाडौं : आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले सन् २०२४ मा १८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२३ को भन्दा १२०.७३ प्रतिशत धेरै हो । सन् २०२३ मा यसले ८ करोड २० लाख र सन् २०२२ मा ३० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ । उत्पादनको माग बढेसँगै यसको व्यापारमा सुधार आएको हो ।
अप्रिल ६, सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी सन् २०२२ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो। यो अरुणखोला, नवलपुरमा अवस्थित छ । कम्पनीसँग ४८ लाख ६० हजार लिटरको कुल स्थापित उत्पादन क्षमता छ । यसले माउन्ट एभरेष्ट र गोर्खाली रमको टेड्रमार्क एक प्रमुख सम्पति हो । यसले जोस, सगुन जस्ता पिय पदार्थ उत्पादन गर्छ । यस कम्पनीले गत असार ११ गते आइपीओ प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको थियो ।

https://www.nepalipaisa.com/news-detail/72776

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top