सुनकोशीमा हाइलक्स गाडी खस्दा तीन बेपत्ता

सिन्धुली — खोटाङ हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको इसुजु हाइलक्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुले नजिकबाट शनिबार साँझ सुनकोशी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् । हाम फालेका एक जना घाइते छन् ।

सिन्धुली प्रहरीका अनुसार हाइलक्समा सवार ४ मध्ये नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका हुन् । हाम फालेर जोगिएका भक्तपुर सूर्य विनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । घाइते कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

सुनकोशीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।

सुनकोशीको बहाव बढिरहेकाले बेपत्ताको खोजबिनका लागि सशस्त्रको गोताखोर परिचालन भएको सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top