बैंकहरुको सेयर भाउ र ग्राहम नम्बरको अन्तर कति देखिन्छ ?

Table of Contents

SOURCE : NEPALI PAISA 

 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको सेयर भाउमा वृद्धि भएको छ । यिनीहरुको बजार भाउ ग्राहम नम्बर भन्दा धेरै छ । तर यिनीहरुको ग्राहम नम्बर र बजार भाउबीचको अन्तर त्यति ठूलो भने देखिएको छैन । १२ वटा बैंकको ग्राहम नम्बर र बजार भाउबीचको अन्तर १०० रुपैयाँभन्दा कम छ ।

जसमध्ये, प्रभु बैकको सेयर भाउ ग्राहम नम्बर भन्दा ८.५८ पैसा कम छ । यो तुलनात्मक हेर्दा अरु समूहका कम्पनीहरुको भन्दा निकै अन्डर भ्याल्यू मान्न सकिन्छ । सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो‘का अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाको १८.०८, ग्लोबल आइएमईको २३.५२, प्राइमको ३९.८८ र लक्ष्मी सनराइजको ४६.४५ रुपैयाँ कम देखिएको छ । बैंकहरुको सेयर भाउ र ग्राहम नम्बरको अन्तर निकै कम देखिएको छ ।

ग्राहम नम्बरले कम्पनीको भाउ अन्डर भ्याल्यू वा ओभर भ्याल्यू छ के भनेर देखाउछ । ग्राहम नम्बर भनेको लगानीकर्ताले कुनै निश्चित स्टकका लागि तिनुपर्ने अधिकतम मूल्य निर्धारण गर्ने एक मेट्रिक हो । सरल भाषामा बुझ्दा कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ । कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) र प्रतिसेयर बुक भ्याल्यू (बीभीपीएस) का आधारमा सेयरको आधारभूत भ्याल्यू मापन गर्दछ ।

सिद्धान्त अनुसार हेर्ने हो भने, ग्राहम नम्बर भन्दा तल रहेको कुनै पनि सेयरलाई अन्डर भ्याल्यूड मानिन्छ र लगानी गर्नका लागि योग्य ठहरिन्छ । भ्याल्यू इन्भेष्टिङका पिता भनेर चिनिने बेन्जामिन ग्राहमको नामबाट ‘ग्राहक नम्बर’ को नामाकरण भएको हो । विद्यमान बजारमा उचित मूल्यमा बिक्री भइरहेका स्टकहरुको पहिचान गर्न ग्राहम नम्बरलाई सामान्य परीक्षणको रुपमा प्रयोग गरिन्छ ।

ग्राहम नम्बर पत्ता लगाउने सूत्र :

यसै सूत्रलाई प्रयोग गरेर वाणिज्य बैंकहरुको ग्राहम नम्बर निकालिएको छ । सेयर बजारको विश्लेषण गर्ने सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’का अनुसार वाणिज्य बैंक मध्येको सबैभन्दा महँगो एभरेष्ट बैकको ग्राहम नम्बर ४०८.७१ छ । यसको बजार भाउ ७४७ रुपैयाँ रहेको छ । यसर्थ, यसको सेयर ग्राहम नम्बर अनुसार ३३८.२९ रुपैयाँले ओभर भ्याल्यू छ । तर, बजार बुलिस रनमा रहेको बेला २००-३०० अंक फरकमा हुनुलाई खासै ठूलो मान्न नसकिने जानकारहरुको भनाई छ । यता, एनआइसी एसियाको सेयर भाउ ५१६ रहेको छ । ग्राहम नम्बर भने २०५.२७ देखिएको छ ।

नोट : ग्राहम नम्बर सेयर भाउ सस्तो वा महँगो भनेर मापन गर्ने एउटा विधिमात्र हो । हाम्रो सन्दर्भमा यो फरमूला लागू हुन वा नहुन पनि सक्छ । यस्तै, सेयर मूल्य सस्तो वा महँगो भनेर मापन गर्ने अरु विधि र सूत्रहरु पनि रहेका छन् । यसर्थ, यसकै आधारमा निर्णयमा पुग्न भने सकिंदैन । यो केबल एउटा अध्ययनको माध्यममात्र हो । आम लगानीकर्ताले पनि त्यसै अनुसार बुझ्नुपर्ने हुन्छ । यस्तै, बजार जोखिमयुक्त क्षेत्र पनि हो । यसमा लगानीगर्दा स्वअध्यन आवश्यक हुन्छ । माथिको समाचारलाई मात्र आधार मानेर सेयर कारोबार नगर्न हुन अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top