आदमघाट नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

SOURCE: MEROLAGANI 

धादिङकाे आदमघाट नजिकै पहिरो खसेकाे छ । गजुरी गाउँपालिका-६ बेल्खुमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

साेमबार बेलुकी करिब ५ बजे राजमार्गमा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिराे हटाउन कम्तिमा एक घण्टा लाग्नेछ । थप पहिरो नखसेमा मात्र एक घण्टाभित्र पहिराे हटाउन सकिने प्रहरीले जनाएकाे छ।

पहिराेका कारण मुग्लिङ-काठमाडाैं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएकाे छ । सडक अवरूद्ध हुँदा सवारीसाधनहरू जाममा परेका छन् भने यात्रुहरूले शास्ती भाेग्नुपरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top