अडानी परिवार भारतको सबैभन्दा धनी, अम्बानी परिवार नै पछाडि परे

SOURCE: MEROLAGANI 

 

अडानी समूहका अध्यक्ष गौतम अडानी र उनको परिवारको कुल सम्पत्ति एक वर्षमा ९५ प्रतिशतले बढेर ११.६२ लाख करोड रुपैयाँ पुगेको छ। अडानी परिवारले पछिल्लो एक वर्षमा आफ्नो कुल सम्पत्ति ५, लाख ६५ हजार ५०३ करोडले बढाएको छ।

 

अम्बानी परिवारलाई उछिन्दै अडानी परिवार देशको सबैभन्दा धनी परिवार बनेको छ । अम्बानी परिवारको सम्पत्ति १०.१५ लाख करोड रुपैयाँ छ। एक वर्षमा २५ प्रतिशतले वृद्धि भएको छ ।

‘हुरुन इन्डिया रिच लिस्ट २०२४’ अनुसार, ‘हिन्डनबर्गको आरोपका बाबजुद गौतम अडानी र परिवारले गत वर्षको तुलनामा ९५ प्रतिशतले सम्पत्ति वृद्धि हासिल गरेका छन्।’

एचसीएलका मालिक शिव नाडर र परिवार ३.१४ लाख करोड रुपैयाँ र सीरम इन्स्टिच्युटका मालिक साइरस एस.पूनावाला र परिवार २.९० लाख करोडको सम्पत्तिसहित सूचीमा तेस्रो र चौथो स्थानमा छन्।

शाहरुख–ऋतिक पहिलो पटक परे सूचीमा

बलिउड अभिनेता शाहरुख खान ७ हजार ३ सय करोडको सम्पत्तिका साथ पहिलो पटक यो सूचीमा सामेल भएका छन् । आईपीएलको टिम कोलकाता नाइट राइडर्समा रहेको आफ्नो हिस्सेदारीका कारण शाहरुखको सम्पत्ति बढेको हो ।

शाहरुख रेड चिलीज इन्टरटेनमेन्टका मालिक हुन्, त्यही कम्पनी जसले उनको फिल्म डिंकी, जवान र डार्लिंग्स निर्माण गरेको थियो। यी फिल्मको सफलताले उनको सम्पत्ति पनि बढेको छ ।

यस सूचीमा शाहरुख बाहेक ४ हजार ६ सय करोडको सम्पत्ति भएको जुही चावला, २ हजार करोडको सम्पत्ति भएको ऋतिक रोशन, १६ सय करोडको सम्पत्ति भएका अमिताभ बच्चन र परिवार र १४ सय करोडको सम्पत्ति भएका करण जोहर पनि परेका छन् । हुरुन भारतको सूचीमा समावेश बलिउडका धनीहरूको कुल सम्पत्ति ४० हजार ५०० करोड रुपैयाँ छ।

भारतमा ३ सय ३४ अर्बपति, औसत सम्पत्तिमा २५ प्रतिशतको वृद्धि

रिपोर्टका अनुसार भारतमा अर्बपतिको संख्या बढेर ३३४ पुगेको छ । हुरुन लिस्ट १३ वर्षअघि स्थापना भएदेखि ६ गुणा बढेको छ । संचयी (क्युमुलेटिभ) सम्पत्ति ४६ प्रतिशतले बढेको छ भने औसत सम्पत्ति २५ प्रतिशतले बढेको छ ।

प्रतिवेदनअनुसार १ हजार ३ सय ३४ व्यक्तिको सम्पत्ति या त बढेको छ वा स्थिर रहेको छ जसमध्ये २७२ नयाँ अनुहार छन् भने २०५ सम्पत्ति घटेका छन् भने ४५ छाडिएका छन् । सन् २०२४ मा भारतमा ३३४ अर्बपति हुनेछन्, जुन गत वर्षको तुलनामा ७५ बढी हो ।

यस सूचीमा १४२ नयाँ अर्बपतिहरू सामेल भएका छन्, जो घरजग्गा र औद्योगिक उत्पादन व्यवसायसँग आवद्ध छन्। औद्योगिक उत्पादन अझै पहिलो नम्बरमा छ। यस सूचीमा सबैभन्दा कान्छो व्यक्ति २१ वर्षका छन्।

भारतको सबैभन्दा ठूलो निजी बन्दरगाह अडानीको

गौतम अडानीको नेतृत्वमा अहमदाबादको अडानी समूहले मुख्यतया पूर्वाधार क्षेत्रमा काम गर्छ। यो देशको सबैभन्दा ठूलो निजी पोर्टको स्वामित्वमा छ र विश्वव्यापी कोइला व्यापारमा प्रमुख भूमिका खेल्छ। अडानी इन्टरप्राइजेज गौतम अडानीको समूहको प्रमुख कम्पनी हो।

कम्पनीको एक वर्षको रिटर्न ९४ प्रतिशत

अडानी परिवारको सम्पत्तिमा वृ समूहका कम्पनीहरूको वृद्धिका कारण भएको हो। समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको शेयरले विगत एक वर्षमा २०.५७ प्रतिशत प्रतिफल दिएको छ । योसँगै अदानी पोर्ट्स, ग्रीन र पावरले पनि उत्कृष्ट प्रतिफल दिएको छ ।

अडानी समूह विरुद्ध मनी लान्ड्रिङ, शेयर हेरफेर जस्ता आरोप लगाइएको थियो।

जनवरी २४, २०२३मा, हिन्डनबर्ग रिसर्चले अडानी समूहको बारेमा एक रिपोर्ट प्रकाशित ग¥यो। उक्त प्रतिवेदनपछि समूहको शेयरमा भारी गिरावट आएको थियो । तर, पछि रिकभरी भयो । यस प्रतिवेदनलाई लिएर भारतीय शेयर बजार नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले हिन्डनबर्गलाई ४६ पृष्ठको कारण देखाउ सूचना पनि पठाएको थियो ।

जुलाई १, २०२४ मा प्रकाशित एक ब्लग पोस्टमा प्रकाशिन हिन्डनबर्ग रिपोर्टले अडानीले नियमहरूको व्यापक उल्लंघन गरेको छ । सेबीले हिन्डनबर्गको प्रतिवेदनमा पाठकहरूलाई बहकाउने उद्देश्यले केही गलत कथनहरू समावेश गरेको आरोप लगाएको दाबी छ । यसको जवाफ दिँदै हिन्डनबर्गले सेबीमाथि नै धेरै आरोप लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top