सामान्य घट्यो सुन र चाँदीको मूल्य

असार ३ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य २० रुपैयाँ घटेको हो।

आइतबार तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

संघका अनुसार यस दिन नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।

SOURCE : MEROLAGANI

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top