प्रि ओपन सेसन अपडेटः साढे ११ अंक बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.५९ अंक बढेर २७०८.२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८८ स्टकको २१३ पटकको कारोबारमा १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँ २० पैसाबराबरको १६ हजार १०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top