टेवा क्षेत्र नजिक इन्फिनिटी लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

SOURCE:MEROLAGANI 

यस साता लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.१३ प्रतिशत घटेको छ। गत साता ५५७१.१४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १७४.३१ अंक घटेर ५३९६.८३ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ।

लघुवित्तको शेयरमूल्य यस साता ७२ रुपैयाँ २० पैसा घटेको छ। गत साता १ हजार २७३ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर, यस साता १ हजार २०० रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

टेवा क्षेत्र नजिक

यस साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्य घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल लघुवित्तको टेवा क्षेत्र ११६५ देखि १२०० सम्म रहेको छ। आगामी दिनमा लघुवित्तले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा १४२५ देखि १४८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि लघुवित्तको शेयरमूल्यले त्यस्तै मैनबत्ती बनाएको छ। यसले सो साता र सो कारोबार दिन बजारमा शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले एक महिना अघि र २० दिन अघि लघुवित्तको शेयरमा बाई सिग्नल दिएको थियो। जुन हालसम्म पनि कायम छ। एआई चार्टले ११६५ देखि १२०० को क्षेत्रमा बाई सिग्नल दिएको थियो भने १४२५ देखि १४८० को क्षेत्रमा सेल सिग्नल दिएको थियो। यी सिग्नलभन्दा अगाडि एआई चार्टले लघुवित्तको शेयरमा दुई सिग्नल दिइसकको छ। जसमा लगानीकर्ताहरु २०.८५ प्रतिशत र २४.२९ प्रतिशत नाफा कमाएका थिए।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्य घटेपनि भोल्यूम भने बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा २० हजार ५०१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम १८ हजार ६६९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम ९.८१ प्रतिशत बढी हो।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। लघुवित्तको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल झरेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा लघुवित्तको शेयरमूल्य घट्ने संकेत गर्दछ। यद्यपि, बियरिश क्रशओभर कन्फर्म गर्नका लागि आगामी दिनको बजार हेर्नुपर्ने हुन्छ। त्यस्तै, गत बिहीबार लघुवित्तको हिस्टोग्राम पनि शून्य रेखाबाट तल झरेको छ।

बिक्री चाप बढी

यस साता लघुवित्तको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.०७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.२१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५१.१८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.०४ प्रतिशत घटेको छ। सो अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ३१ करोड ७२ लाख रुपैयाँबाट बढेर ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६५ करोड ५६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ६५ पैसा रहेको छ।

१ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १० अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ७७ पैसा घटेर २६ रुपैयाँ ३७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ५ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ६३.७ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ६.९१ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको १ करोड ३४ लाख ७५ हजार १८९ कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य १ हजार ३६४ रुपैयाँ १९ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ८८० रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार २०५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण २२ अर्ब ६३ करोड ६९ लाख ७० हजार १ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर ६२ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६२ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १८ हजार ८१५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ३८ ले लघुवित्तको ५ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर ६२ नै रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको साढे ९ हजार कित्ता शेयर बिक्री गरको छ।

मूल्य बढ्ने अपेक्षा कम हुँदै

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले एक्सट्रिम ग्रीड जोनबाट बिस्तारै ग्रीड जोनतर्फ झरिरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर अझै मूल्य बढ्छ भन्ने अपेक्षा पहिलेको तुलनामा केही घटेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top