नेरुडे मिर्मिरे लघुवित्तको नाफा ६७२ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ पुग्यो, वितरणयोग्य नाफा कति ?

Source: Nepali Paisa 
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४३ करोड ६२ लाखबाट बढेर १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेको छ । उक्त चार्ज ७१ प्रतिशत घटेको छ । इम्पेयमेन्ट चार्ज १ करोड ९१ लाखबाट घटेर ५५ लाख रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको नेरुडे मिर्मिरेको जगेडा कोषमा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा भने ५ करोड २९ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३१.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ छ । एनपीएल ६.६० प्रतिशत कायम भएको छ ।
(नोटः यस लघुवित्तले सार्वजनिक गरेको वित्तीय रिपोर्टमै प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ लेखिएको तर नाफा अनुसार उक्त आम्दानी ३१.९८ रुपैयाँ हुन आउने हुँदा यस अघि यो समाचारमा लेखिएको प्रतिसेयर आम्दानी हाल सच्याइएको छ ।)

https://www.nepalipaisa.com/news-detail/72382

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top