महुली लघुवित्तले यसरी गर्यो प्रगति

नेपाली पैसा 
 
काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५६.४७ प्रतिशतले धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.८४ र ७१ .१९ प्रतिशतले बढेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । यसको इम्पेयरमेन्ट चार्ज पनि ४ करोड ६७ लाख रुपैयाँबाट घटेर १ करोड २३ लाख रुपैयाँमा झरेको छ ।
हाल यस लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २५ करोड ८९ लाख रुपैयाँ जम्मा रहेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेर (वार्षिक) २१ रुपैयाँ ४४ पैसा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ ४ पैसा छ ।

https://www.nepalipaisa.com/news-detail/72437

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top