मध्य भोटेकोशी २ करोड ८ लाख घाटामा, नोक्सानी घट्यो

 

नेपाली पैसा 
काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो । उक्त खर्च ३ करोड ७० लाखबाट घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको हालसम्म विद्युत उत्पादन सुरु गरेको छैन । जसकारणले पनि नाफा कमाउन नसकेको हो । ६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको मध्ये भोटेकोशीको रिटेन्ड अर्निङ ४१ करोड ४२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ०.३५ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९३.१० रुपैयाँ रहेको छ ।

https://www.nepalipaisa.com/news-detail/72469

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top