सीवाइसी नेपाल लघुवित्तको नाफा १८.४७ प्रतिशतले घट्यो

SOUCE: NEPALI PAISA
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससमा सीवाइसी नेपाल लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.७२ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३१.८२ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष २५ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको अहिले बढेर ३१ करोड ८७ लाख रुपैयाँ भएको छ । यस्तै, अघिल्लो वर्ष यस लघुवित्तले ६ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा अहिले घटेर ४ करोड ६४ लाख रुपैयाँमा झरेको छ ।
चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङ र रिजर्भ कोषमा भने ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा २.९६ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।
यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसाबाट घटेर १४ रुपैयाँ ३० पैसा (वार्षिक) कायम भएको छ । प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६९ पैसा छ ।

https://www.nepalipaisa.com/news-detail/72543

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top