विश्वभरमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार नाघ्यो

SOURCE: NEPALI PAISA
काठमाडौं : विश्वभरका देशहरुको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार नाघेको छ । वर्ल्ड फेडरेसन अफ एक्सचेन्जका अनुसार स्टक एक्सचेन्जहरुमा सूचीकृत कम्पनीहरुको संख्या ५० हजार ५९७ पुगेको छ ।  यो संख्या यस संघमा आवद्ध भएका एक्सचेन्जहरुको हो । यस संघमा आवद्ध नभएका कम्पनीहरुको सूची यसमा छैन ।
तर, यसमा अधिकांश स्कट एक्सचेन्जहरु आवद्ध छन् । त्यसैगरी, ती कम्पनीहरुको बजार पुँजीकरण भने १०१.५२ ट्रिलियन अर्थात, १ हजार १० खर्ब ५२ अर्ब डलर पुगेको छ । वर्ल्ड फेडेरेसन अफ एक्सचेन्ज विश्व भरका स्टक एक्सचेन्जहरुको संघ हो । यो संस्था सन् १९६१ मा स्थापना भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top