सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह

source: merolagani

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन।

उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए । उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए।

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए । उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको पनि बताए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको पनि बताए ।

उनले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top