चितवन मेडिकल कलेजको व्यापार १८ प्रतिशत घटेर १ अर्ब ६९ करोड कायम

source: Nepali Paisa

काठमाडौं : चितवन मेडिकल कलेज लिमिटेडले सन् २०२३ मा १ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १८.३२ प्रतिशत कम हो । सन् २०२२ मा यसले २ अर्ब ७ करोड ९० लाख र सन् २०२१ मा १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
यस कम्पनीले २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम १ अर्ब ९० करोड ५० लाखका लागि ‘केयर एनपी बीबीबी माइनस’ र सर्ट ट्रम ५० करोड ५३ लाखका लागि ‘केयर एनपी ए३’ रेटिङ पुनः पुष्टि गरेको छ ।
चितवन मेडिकल कलेज (सीएमसी) चितवनमा छ । यो डाक्टरहरुको समूहले स्थापना गरेको कम्पनी हो । सन् २००६ मा स्थापना भएको यो कलेज जनवरी २५ सन् २०२४ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । यो त्रिभुवन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट मान्यता प्राप्त कम्पनी हो । साथै, यो आइएसओ ९००१:२०१५ चिकित्सा शिक्षा प्रदान गर्न प्रमाणित कम्पनी हो ।
सीएमसीले नर्सिङ, ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी र अन्य स्नातक-स्तर कार्यक्रमहरु सञ्चालन गर्छ । सन् २०२२ मा कोभिड १९ को कारण विद्यार्थी भर्नादर कम भएको जनाइएको छ । अहिले उक्त दर बढेको छ । यस कलेजको ५३७ शैया सञ्चालनमा छ । यता, कम्पनीको कुल कर्जा १ अर्ब ८० करोड ९० लाख रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top