पहिरोले दिक्तेल–हलेसी सडक अवरुद्ध

खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले राससलाई जानकारी दिइन् । ‘चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ’, उनले भने, ‘पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।’
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् । तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुंगा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन ।
उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top