NEPAL RASTRA BANK WILL DISTRIBUTE NEW NOTE FROM TODAY

Nepal Rastra Bank, which has been distributing new notes for Dashain every year, is going to give only new notes this time. Rashtra Bank, which has been providing the same facilities as new notes for Dashain, said that it has stopped issuing new notes to manage expenses.

In order to manage the expenses, the National Bank had planned to proceed with the practice of issuing dry notes instead of new notes a few years ago. Rashtra Bank Assistant Spokesperson Dr. Dilliram Pokharel informed that old new notes will be replaced but not new notes.

According to the National Bank, this decision has been taken to encourage digital transactions and to reduce the cost of printing notes.

Assistant Spokesperson Pokharel said that those who need small and large denomination notes on Dashain will be arranged through the New Note Bank, which was sent back to the market a year ago.

The Rashtra Bank, which has been providing the facility of small denomination notes of 5, 10, 20, 50 and 100 for Dashain , will provide the facility of the same note this time. The National Bank has informed that this time too, notes will be issued at around 18,500 per person.

According to the National Bank, looking at the five-year average, one billion 300 million rupees are being spent annually for printing new notes.

PUBRANCHAL LUBE OIL IS GOING TO ISSUE IPO

Purvanchal Lube Oil Limited has called the annual general meeting proposing to issue initial public offering (IPO) shares. The meeting of the board of directors of the company held on 17th of August has decided to call the general meeting of the company.

The second annual general meeting of the company will start at 10 am at Airport Hotel Sinamangal on Wednesday, October 9.
The assembly will pass a special resolution to issue the IPO to the general public. Also, a cash dividend of Rs. Three Crore Fifteen lakh Seventy Eight Thousand  which becomes 10.52% of its total  paid up capital

In addition, the agenda for the meeting has been set to approve the proposal to amend the Articles of Association and Regulations and the financial statements including the annual report for the financial year 080-81. The meeting will grant the authority to the board of directors to amend and modify the articles of association and regulations and the primary share issue.

नेपाल इन्सुरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

SOURCE: NEPALI PAISA 

काठमाडौं : नेपाल इन्सुरेन्स कम्पनीले आज (भदौ १९ गते) देखि ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

Source: Nepse Alpha 

अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंशको रुपमा यसलाई हेरिएको छ ।

अर्थ मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण,एमसिसी तथा एमसिए–नेपालका उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारणलाइन निर्माण हुनेछ । २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजना १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

सानिमा बैंकको नेतृत्वमा ५३ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु, १२ अर्ब लागत

source: Nepali Paisa

nepalipaisa

म्याग्दी : म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका थिए ।
२०७ मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युतगृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका–७ भरावाङसम्म पाँच हजार सात सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
‘बाँध, विद्युतगृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ,’ आयोजना प्रमुख केसीले भने, ‘आयोजनाबाट विसं २०८३ फागुनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।’ ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ एक सय ९६ मिटर रहेको छ ।
१२ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको प्रवर्द्धक अपर म्याग्दी जलविद्युत् कम्पनी लिमिटेड हो । कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले कूल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रवर्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए ।
जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यअनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताए । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रालीले सुरुङसँगै अन्य संरचना निर्माणलाई तीव्रता दिने जनाएको छ ।
९ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुंगादेखि खाम्लासम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत् आपूर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत् मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।
प्रदेशसभा सदस्य जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, सत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङलगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो ।

https://www.nepalipaisa.com/news-detail/72973

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पायो, निर्माण लागत ३ अर्ब ५० करोड

कर्णाली : भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । आयोजना निर्माणका लागि ३ अर्ब ५० करोड ८ लाख १५ हजार २ सय ८० लागतमा उक्त कम्पनीसँग सम्झौता भएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन एकाइ सुर्खेत र झेजियाङ टिम इन्टरनेश्नल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन निङ्बो चाइना कम्पनी लिमिटेडबीच आयोजना निर्माणका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एकाइका तर्फबाट प्रमुख सञ्जीवकुमार साह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतितिनिध सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
तीन वर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनियाँ कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको हो । आयोजनाका लागि ७० प्रतिशत संघीय सरकार, ३० प्रतिशत प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट रकम जुटाइनेछ । विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । जसअन्तर्गत पहिलो चरणमा ३ अर्बको काम हुनेछ।
वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना बनाइएको हो । भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्यांकी निर्माण गरिनेछ ।
पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृतडाडाँबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन् । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार हुँदा ३ अर्ब लागत लाग्ने जनाइएको छ ।
रासस

https://www.nepalipaisa.com/news-detail/72967

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

SOURCE: NEPALI PAISA

काठमाडौं : अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढााउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, “अल्फा क्यापिटलले आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रो लागि खुशीको कुरा हो ।”
यस्तै, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सहज र सफल तरिकाले अल्फा क्यापिटलको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । “यो आइपीओ निष्कासन प्रक्रियामा एनएमबि क्यापिटलले सहज र व्यावसायिक ढंगले भूमिका निर्वाह गर्नेछ,” उनले भने ।
अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ । आइपीओ जारी गरेर पुँजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेवारी अझै विस्तार हुने विश्वास लिइएको छ ।

https://www.nepalipaisa.com/news-detail/72947

चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय

Source: Nepali Paisa 
काठमाडौं : केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्य सम्पादन मूल्यांकनको महत्वपूर्ण आधार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ । राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ ।
राजस्व चुहावटलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूबीच प्रभावकारी रुपमा समन्वय गरी अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट गर्ने कसैले छुट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोष्टिङ गर्न निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्यांकनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने–दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति निर्मम भएर अनुसन्धान गर्न निर्देशन दिए। निष्ठा र दृढतकासाथ आफ्नो जिम्मेवारीमा अघि बढ्न निर्देशन दिँदै उनले अबदेखि राजस्व प्रशासन र सुरक्षाकर्मीका पाइलाहरु गुणात्मक रुपमा उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर तिर्नका लागि प्रोत्साहन गर्न आग्रह गरे ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका अधिकारीहरुले राजस्व चुहावट नियन्त्रणका लागि सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाइ एकअर्कामा समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

https://www.nepalipaisa.com/news-detail/72944

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ ।

अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्टारलाइनरको पहिलो मानवयुक्त परीक्षण उडानमा पठाइएको थियो र एक हप्ता लामो मिसनमा थिए । तर प्रक्षेपण भएको २४ घण्टाभित्रै यसको क्याप्सुलको प्रोपल्सन प्रणालीमा धेरै खराबीहरू देखा परेका थिए, जसका कारण दुवै अनुभवी अमेरिकी अन्तरिक्ष यात्रीहरू अहिले ७९ दिनसम्म आईएसएसमा फसेका छन् ।

नासाका प्रशासक बिल नेल्सनले विल्मोर र विलियम्स फेब्रुअरी २०२५ मा घर फर्कने बताएका छन् ।

स्पेसएक्स क्रु- ९ मिशन सेप्टेम्बरको अन्तिम दिनहरूमा अन्तरिक्षको लागि प्रस्थान गर्नेछ । तर यसअघि बोइङको क्याप्सुल पृथ्वीतर्फ आउनु पर्नेछ ताकि आईएसएसमा रहेको डकिङ पोर्ट खाली गर्न सकियोस् । स्पेसएक्स क्रु-९ मिसनले दुईजना अन्तरिक्ष यात्री मात्र बोक्ने छ भने यसअघि चारजना अन्तरिक्ष यात्री बोक्नुपर्ने थियो ।

नासा र स्पेसएक्सले क्रू- ९ ड्रागनमा सीटहरू मिलाउँदैछन् । नासाका अनुसार, त्यो व्यवस्थाको विल्मोर र विलियम्सलाई ड्र्यागनमा चढ्न आवश्यक पर्ने स्पेससूटहरू सहित अतिरिक्त सामान बोक्नुपर्ने थियो ।

नासा स्पेस अपरेशन्सका प्रमुख केन बोवर्सक्सले एजेन्सीका अधिकारीहरूले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउन क्रू ड्र्यागनको पक्षमा सर्वसम्मतिले मतदान गरेका थिए । उही समयमा बोइङले स्टारलाइनरलाई मात्र ल्याउन चाहेको थियो, जुन उनीहरूका अनुसार सुरक्षित छ ।

बोइङ कम्पनीले पहिले नै धेरै समस्याको सामना गरिरहेको छ । अब यदि अन्तरिक्ष क्षेत्रमा यसको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी कम्पनीले यी अन्तरिक्ष यात्रीहरूलाई बचाउँछ भने, यो कम्पनीको लागि ठूलो धक्का हुनेछ । बोइङले स्टारलाइनर परीक्षण मिसनसँगै यो समस्याग्रस्त परियोजनाले सामना गर्ने समस्याहरूलाई पछाडि छोड्न सक्षम हुने आशा गरेको छ ।

अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र फिर्ता लैजान डिजाइन गरिएको स्टारलाइनर, २०१६ देखि काममा छ र यस योजनामा पहिले नै अपेक्षित भन्दा १.६ बिलियन डलर बढी खर्च भएको बताइएको छ ।

अहिले बोइङले स्टारलाइनरलाई अन्तरिक्ष यात्रीहरूसँग फेरि अन्तरिक्षमा पठाउने कुरामा शतप्रतिशत विश्वस्त रहेको बताएको छ ।

विल्मोर र विलियम्स, दुबै पूर्व सैन्य परीक्षण पायलटहरू, पर्याप्त आपूर्तिहरू छन् र विस्तारित अवधिको लागि राख्न प्रशिक्षण दिइएको छ । नासाले आफ्नो अतिरिक्त समयमा स्टेशनमा उपस्थित अन्य सात अन्तरिक्ष यात्रीहरूसँग वैज्ञानिक प्रयोग गर्ने बताएको छ ।

साउनमा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत निर्यात

SOURCE : NEPALI PAISA 

काठमाडौं :  चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८-९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरुमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण वत्ति जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे।
कार्यकारी निर्देशक घिसिङले भने,‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरु अभियानकै रुपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ ।’
घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमासमेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे ।
‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परेतापनि आयातको परिमाण क्रमश: घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
केही दिनअघि द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरुबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।
हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिश्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

 

पहिरोले दिक्तेल–हलेसी सडक अवरुद्ध

खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले राससलाई जानकारी दिइन् । ‘चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ’, उनले भने, ‘पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।’
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् । तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुंगा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन ।
उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

आदमघाट नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

SOURCE: MEROLAGANI 

धादिङकाे आदमघाट नजिकै पहिरो खसेकाे छ । गजुरी गाउँपालिका-६ बेल्खुमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

साेमबार बेलुकी करिब ५ बजे राजमार्गमा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिराे हटाउन कम्तिमा एक घण्टा लाग्नेछ । थप पहिरो नखसेमा मात्र एक घण्टाभित्र पहिराे हटाउन सकिने प्रहरीले जनाएकाे छ।

पहिराेका कारण मुग्लिङ-काठमाडाैं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएकाे छ । सडक अवरूद्ध हुँदा सवारीसाधनहरू जाममा परेका छन् भने यात्रुहरूले शास्ती भाेग्नुपरेकाे छ ।

 

बैंकहरुको सेयर भाउ र ग्राहम नम्बरको अन्तर कति देखिन्छ ?

SOURCE : NEPALI PAISA 

 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको सेयर भाउमा वृद्धि भएको छ । यिनीहरुको बजार भाउ ग्राहम नम्बर भन्दा धेरै छ । तर यिनीहरुको ग्राहम नम्बर र बजार भाउबीचको अन्तर त्यति ठूलो भने देखिएको छैन । १२ वटा बैंकको ग्राहम नम्बर र बजार भाउबीचको अन्तर १०० रुपैयाँभन्दा कम छ ।

जसमध्ये, प्रभु बैकको सेयर भाउ ग्राहम नम्बर भन्दा ८.५८ पैसा कम छ । यो तुलनात्मक हेर्दा अरु समूहका कम्पनीहरुको भन्दा निकै अन्डर भ्याल्यू मान्न सकिन्छ । सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो‘का अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाको १८.०८, ग्लोबल आइएमईको २३.५२, प्राइमको ३९.८८ र लक्ष्मी सनराइजको ४६.४५ रुपैयाँ कम देखिएको छ । बैंकहरुको सेयर भाउ र ग्राहम नम्बरको अन्तर निकै कम देखिएको छ ।

ग्राहम नम्बरले कम्पनीको भाउ अन्डर भ्याल्यू वा ओभर भ्याल्यू छ के भनेर देखाउछ । ग्राहम नम्बर भनेको लगानीकर्ताले कुनै निश्चित स्टकका लागि तिनुपर्ने अधिकतम मूल्य निर्धारण गर्ने एक मेट्रिक हो । सरल भाषामा बुझ्दा कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ । कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) र प्रतिसेयर बुक भ्याल्यू (बीभीपीएस) का आधारमा सेयरको आधारभूत भ्याल्यू मापन गर्दछ ।

सिद्धान्त अनुसार हेर्ने हो भने, ग्राहम नम्बर भन्दा तल रहेको कुनै पनि सेयरलाई अन्डर भ्याल्यूड मानिन्छ र लगानी गर्नका लागि योग्य ठहरिन्छ । भ्याल्यू इन्भेष्टिङका पिता भनेर चिनिने बेन्जामिन ग्राहमको नामबाट ‘ग्राहक नम्बर’ को नामाकरण भएको हो । विद्यमान बजारमा उचित मूल्यमा बिक्री भइरहेका स्टकहरुको पहिचान गर्न ग्राहम नम्बरलाई सामान्य परीक्षणको रुपमा प्रयोग गरिन्छ ।

ग्राहम नम्बर पत्ता लगाउने सूत्र :

यसै सूत्रलाई प्रयोग गरेर वाणिज्य बैंकहरुको ग्राहम नम्बर निकालिएको छ । सेयर बजारको विश्लेषण गर्ने सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’का अनुसार वाणिज्य बैंक मध्येको सबैभन्दा महँगो एभरेष्ट बैकको ग्राहम नम्बर ४०८.७१ छ । यसको बजार भाउ ७४७ रुपैयाँ रहेको छ । यसर्थ, यसको सेयर ग्राहम नम्बर अनुसार ३३८.२९ रुपैयाँले ओभर भ्याल्यू छ । तर, बजार बुलिस रनमा रहेको बेला २००-३०० अंक फरकमा हुनुलाई खासै ठूलो मान्न नसकिने जानकारहरुको भनाई छ । यता, एनआइसी एसियाको सेयर भाउ ५१६ रहेको छ । ग्राहम नम्बर भने २०५.२७ देखिएको छ ।

नोट : ग्राहम नम्बर सेयर भाउ सस्तो वा महँगो भनेर मापन गर्ने एउटा विधिमात्र हो । हाम्रो सन्दर्भमा यो फरमूला लागू हुन वा नहुन पनि सक्छ । यस्तै, सेयर मूल्य सस्तो वा महँगो भनेर मापन गर्ने अरु विधि र सूत्रहरु पनि रहेका छन् । यसर्थ, यसकै आधारमा निर्णयमा पुग्न भने सकिंदैन । यो केबल एउटा अध्ययनको माध्यममात्र हो । आम लगानीकर्ताले पनि त्यसै अनुसार बुझ्नुपर्ने हुन्छ । यस्तै, बजार जोखिमयुक्त क्षेत्र पनि हो । यसमा लगानीगर्दा स्वअध्यन आवश्यक हुन्छ । माथिको समाचारलाई मात्र आधार मानेर सेयर कारोबार नगर्न हुन अनुरोध गरिन्छ ।

नेरुडे मिर्मिरे लघुवित्तको नाफा ६७२ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ पुग्यो, वितरणयोग्य नाफा कति ?

Source: Nepali Paisa 
काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४३ करोड ६२ लाखबाट बढेर १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेको छ । उक्त चार्ज ७१ प्रतिशत घटेको छ । इम्पेयमेन्ट चार्ज १ करोड ९१ लाखबाट घटेर ५५ लाख रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको नेरुडे मिर्मिरेको जगेडा कोषमा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा भने ५ करोड २९ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३१.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ छ । एनपीएल ६.६० प्रतिशत कायम भएको छ ।
(नोटः यस लघुवित्तले सार्वजनिक गरेको वित्तीय रिपोर्टमै प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ लेखिएको तर नाफा अनुसार उक्त आम्दानी ३१.९८ रुपैयाँ हुन आउने हुँदा यस अघि यो समाचारमा लेखिएको प्रतिसेयर आम्दानी हाल सच्याइएको छ ।)

https://www.nepalipaisa.com/news-detail/72382

सान्जेनको विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ७८ लाख, कम्पनी भने घाटामा

Source: Nepali Paisa 

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ५३ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड २८ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत उत्पादन सुरु गर्दा पनि घाटामा गएको छ । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
यता, वित्तीय खर्च पनि १७ करोड १९ लाख रुपैयाँ रहेको छ । उक्त खर्च बढ्दा यो कम्पनी घाटामा गएको हो । ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३९ करोड ६६ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ४.२६ रुपैयाँ नोक्सानीमा र प्रतिसेयर नेटवर्थ ८९.१३ रुपैयाँ रहेको छ ।

 

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

SOURCE: EKANTIPUR

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

 

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

 

पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताए । ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको जानकारी दिए ।

उनले भने,‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ । विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन ।’

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे ।

उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए ।

कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत् पुर्‍याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए ।

दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जनाकाे मृत्यु

Source : Merolagani

दुर्घटनामा परेकाे एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जनाकाे मृत्यु भएकाे छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको हाे ।

उक्त हेलिकप्टरमा पाँच जना नै सवार थिए । जसमध्ये एक नेपाली चालकसहित चार जना चिनियाँ सवार रहेको खुलेकाे छ । हेलिकप्टर पाइलट अरुण मल्लले उडाएका थिए ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर काठमाडौंबाट उडेको थियो ।  तर उडेको ३ मिनेटमै नुवाकोटको सूर्यचौर पुगेयता हेलिकप्टर सम्पर्कमा थिएन। यद्धपी, त्यसकाे केहि समयमा शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको थियाे ।

बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको हो । खबर पाए लगत्तै घटनास्थलमा पुगेर सुरक्षाकर्मीहरूले उद्धार गरेका थिए । हाल, घटनास्थलबाट पाँच जनाकाे शव निकालि सकिएकाे छ ।

 

भारतमा भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा मङ्गलवारको भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुगेको छ । धेरै घाइतेहरु अस्पतालमा भर्ना भएका र केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार हातरसको सिकन्दरा राव क्षेत्रमा भएको धार्मिक सभामा झन्डै ५० हजार मानिस भेला भएका थिए । भीडलाई व्यवस्थित गर्न घटनास्थलमा ४० जना मात्रै प्रहरी तैनाथ रहेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै ‘पीडितलाई सक्दो सहयोग गरिने’ बताए ।

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।

FOLLOW ROUTINE OF BURTIBANG BANDA FOR NEWS

इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरु गर्यो

इन्ड्राइभले नेपालमा उचित मूल्यमा सवारी र डेलिभरी सेवा सुरू गरेकाे छ । बिहीबार एक कार्यक्रमकाबीच इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले याे सेवाकाे सुरूवात भएकाे घाेषणा गरेकी हुन् ।

इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन् “हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौं ।”

उनले थपिन्,”हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौं। हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन्।्। हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। सन २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा, इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ। हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ताहरू र चालकहरूले हामीमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी हाम्रा सेवाहरू बृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौं।”

नतालियाले भनिन्, “हामी नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित छौं। सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ। इन्ड्राइभ डेलिभरी मार्फत, हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राख्दछौं।”

नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सीटहरूबाट सुरक्षालाई प्राथमिकता दिएकाे जनाएकाे छ। “इन्ड्राइभसँग विभिन्न प्रविधिहरू छन्, प्रगतिमा रहेको यात्रा साझेदारी गर्ने देखि प्रत्यक्ष समर्थनसम्म एक सम्पूर्ण सुरक्षा सुइट रहेको छ,”इन्ड्राइभद्वारा जारी गरिएकाे विज्ञप्तीमा लेखिएकाे छ ।

 

लक्ष्मी स्टील्सको व्यापार ९ अर्ब ४४ करोड

काठमाडौ : लक्ष्मी स्टील्स लिमिटेडले सन् २०२३ मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १०.५४ प्रतिशत धेरै हो । सन् २०२२ मा यस कम्पनीले ८ अर्ब ५४ करोड ३० लाख, सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
लक्ष्मी स्टील्समा सौरभ समूहको लगानी छ । यसको एउटा प्लान्ट सुनुवाल, नवलपरासीमा छ । कम्पनी १ दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको छ । यसको कुल स्थापित क्षमता प्रतिवर्ष ३ लाख ५० हजार मेट्रिक टन रहेको छ । यसले टीएमटी स्टील बार, बिलेट र तारको निर्माणमा गर्छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव गत पुस २९ गतेको साधारण सभामा पेश गरेको थियो । यसअनुसार कम्पनी आइपीओ बिक्रीको तयारीमा छ ।
यसले ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा लङ ट्रम १८ करोड ९० लाखका लाउ ‘आइएनबीबीबी माइनस’ र सट्र ट्रम ३ अर्ब २० करोडका लागि ‘आइआरएन ए३’ रेटिङ प्राप्त गरेको छ ।

 

फाइनान्स उपसमूहमा करेक्सन, नेप्से भने सामान्य बढ्यो

मंगलबार फाइनान्स उपसमूहको परिसूचक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको फाइनान्स उपसमूहमा यस दिन सामान्य करेक्सन देखिएको हो।

१३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ। यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार नेप्से परिसूचक भने ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१९ स्टकको ६० हजार ८५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४८५ ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको साधना लघुवित्त वित्तीय संस्थाको शेयर भने यस दिन १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आरएसडिसी लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम साढे ९ करोड नाघेको छ।

६.९९% मा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, कति छ मूल्य ?

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ । नेपालमा नै हुन्डाई भेन्यूको व्यवसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको हाे।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा  हुन्डाई माेटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु ह्युण्डाइ माेटर कम्पनी, काेरिया, भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल  हुन्डाई भेन्यू  1.2 (S) को मूल्य Venue 1.2 (SX)को मूल्य ५३ लाख ५६ हजार रूपैयाँ कायम गरिएको छ ।

सुनको भाउ अब के होला ?

काठमाडौ :  यो साता विश्व बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको देखिएको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुति र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मूल्यवृद्धि दरमा नियन्त्रण लगायतका कारणले सुनको मूल्य घटाउन सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् ।

यता, नेपाली बजारमा साताको पहिले ३ दिन स्थिर रहेको सुनको भाउ चौथो दिन अर्थात, बुधबार बढेको थियो । भाउ बिहीबार पनि स्थिर भाउ रह्यो । तर, शुक्राबार भने मूल्य ओरालो लागेको थियो । नेपाली बजारमा यो साता सुनको मूल्य प्रति १० ग्राम १७० रुपैयाँ बढेको छ । साताको पहिलो दिन अर्थात, आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८८५ रुपैयाँ रहेको भाउ मंगलबारसम्म स्थिर रह्यो ।

बुधबार सामान्य बढेर प्रति १० ग्राम १ लाख २१ हजार ४०० रुपैयाँ पुगेको थियो । पछि शुक्रबारसम्म आइपुग्दा भाउ घटेर प्रति १० ग्राम १ लाख २१ हजार ५५ रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५६५ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ५४३ रुपैयाँ कायम भएको छ ।

समग्रमा हेर्दा विगत १ वर्षयता सुनको मूल्यमा उच्च वृद्धि भएको देखिन्छ । नेपाली बजारमा पनि निरन्तरजसो बढेर तोलाको करिब डेढ लाख रुपैयाँ नजिक आयो । यसरी निरन्तर बढेको बजारमा केही गिरावट आउनुलाई सामान्य मान्न सकिन्छ । यद्यपि, अझै मूल्यले आगामी दिनमा कस्तो रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ । 

विश्व बजारमै सुनलाई लगानीको सुरक्षित क्षेत्र मानिन्छ । अस्थिर राजनीति, युद्ध, डलर र तेलमा हुने उतारचढाव लगायतका कारण पनि सुनको सञ्चयमै लगानीकर्ता बढी आकर्षित भएको देखिन्छ ।

यस्तै, चीन लगायतका देशहरुले पनि भारीमात्रामा सुन सञ्चय गरिरहेका छन् । यसले पनि माग बढाएको छ । आगामी दिनमा पनि केही करेक्सनहरुका बाबजुत अझै भाउ बढ्न सक्ने पनि कतिपयले विश्लेषण गरिरहेका छन् ।

लगानीको सुरक्षित भएको, सञ्चय गर्न सजिलो, चाहिएको बेला सजिलै तरल सम्पतिमा रुपान्तरण गर्न सकिने, चीन लगायतका देशले ठूलोमात्रामा सञ्चय गर्नु, विश्वका कतिपय देशहरुमा अशान्ति फैलिनु अनि मागमा पनि क्रमशः वृद्धिका कारण केही समय घटे पनि अझै सुनको भाउले उचाई लिन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।

स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भयो । 


मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले असार महिनामा पनि ब्याजदर घटाउने चर्चा चलेसँगै यस दिन बजार बढ्न पुगेको हो।

यस दिन नेप्से बढेर २१०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक ९ कारोबार दिनपछि २१०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि जेठ १४ गते, नेप्से २१०० विन्दुभन्दा माथि बन्द भएको थियो।

यस दिन नेप्से ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७४ हजार ८७७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

एसइईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको राससलाई जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए ।
‘हामीले उत्तरपुस्तीका परीक्षण र अंक अभिलेखको काम सकेका छौं । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ’, उनले भने । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए ।
गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताए ।
यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताए । गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुँदै

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुने भएका छन् । सर्वोच्च अदालतले केजरीवाललाई जुन १ सम्मको लागि अन्तरिम जमानत दिएको हाे। केजरीवालले दिल्ली मदिराकाे नीतिगत घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडी अनुसन्धानको सामना गरिरहेका थिए ।

उनी हाल तिहाड जेलमा छन् । केजरीवाललाई (अहिले निष्क्रिय) दिल्ली एक्साइज नीति २०२१-२२ मा कथित अनियमिततासँग सम्बन्धित मनी लान्ड्रिंग अनुसन्धानको सम्बन्धमा ईडीले मार्च २१ मा पक्राउ गरेको थियो।

ईडीले केजरीवालको जमानत आवेदनको विरोध गर्दै सर्वाेच्च अदालतमा शपथ पत्र दायर गरेको थियो। जसमा केन्द्रीय निकायले निर्वाचनमा प्रचारप्रसार गर्ने अधिकार मौलिक हक र संवैधानिक अधिकार नभएको बताएको थियो । साेही समयमा, केजरीवालका वकिलहरूकाे टोलीले ईडीको शपथपत्रमा कडा आपत्ति जनाएको थियो। तर,ईडीका सबै तर्कलाई बेवास्ता गर्दै अदालतले केजरीवाललाई अन्तरिम जमानत दिएको हाे।

Source: Merolaani

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

मंगलबार सुनको मूल्य स्थिर अवस्थामा छ भने चाँदीको मूल्य घटेको छ। यसदिन सुनको मूल्य सोमबार काराेबार भएकाे मूल्यमा नै स्थिर भएको हो। तर, चाँदीको मूल्य भने १५ रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ।

यसदिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६५० रुपैयाँमा किनबेच भईरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान

Source:Merolgani

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्। 

सन् १९८० जुन ३ मा जन्मेका तमिम कतारका पूर्व शेख हमाद बिन खलिफा अल थानीका काइँलाे छोरा हुन्। उनको प्रारम्भिक शिक्षा लन्डनको प्रसिद्ध ह्यारो स्कूलमा भएको थियो। त्यसपछि उनी रोयल मिलिटरी एकेडेमीमा भर्ना भएका थिए ।

पढाइ सकेपछि शेख तमिम कतारी सेनामा भर्ना भए र सेकेण्ड लेफ्टिनेन्ट पनि भए । सन् २००३ मा, उनका जेठो दाजु शेख जसिमले सिंहासनमाथि आफ्नो दाबी त्यागे। जसपश्चात उनलाई कतारको राजा बन्ने बाटो खुलेको थियो । सन् २०१३ मा तमिमका बुबा हम्माद बिन खलिफाले अचानक आफ्नो पद त्यागको घोषणा गर्दै तमिमलाई कतारको राजा घोषणा गरेका थिए ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार शेख हम्मादको परिवारका अधिकांश व्यक्ति सेनादेखि कतारको सरकारसम्मका विभिन्न महत्वपूर्ण पदमा छन् । एक हिसाबले हेर्दा सबै ठाउँमा उनीहरूकै चल्छ।

३ वटा विवाहबाट १३ सन्तान

कतारका अमिर शेख तमिमले ३ पटक विवाह गरेका छन् । उनले २००५,२००९ र २०१४ मा विवाह गरेका थिए । उनका १३ सन्तान छन् ।

संचारमाध्यमका अनुसार शेख तमिम एक्लै १.६ बिलियन पाउण्डका मालिक हुन् । यो सँगै शाही परिवारको कुल सम्पत्ति करिब ३३५ अर्ब डलर रहेको छ । उनी दोहाको राजदरबारमा बस्छन्।

संसारकै सबैभन्दा महँगो घरमा बस्छन्

कतारका राजाकाे राज दरबारलाई विश्वकै महँगो घर मानिन्छ । यसको मूल्य करिब एक अर्ब डलर रहेको अनुमान गरिएको छ । दरबारका केही भागमा सुनका हस्तकलाले सिंगारिएकाे छ ।

त्यहाँ १०० भन्दा बढी कोठा र ५०० सवारी साधनका लागि पार्किङको व्यवस्था छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार शेख तमिमले सन् २०१९ मा ओमानमा आफ्नोलागि अर्को दरबार पनि बनाएका थिए जसको नाम ‘व्हाइट प्यालेस’ राखिएको छ ।

सेतो दरबार (White Palace) ठ्याक्कै दोहाको राज दरबार जस्तै रहेकाे छ । यहाँ विलासिताका सबै सुविधाहरू पनि उपलब्ध छन्। शाही र ह्वाइट प्यालेसबाहेक शेख तमिमको लण्डन,अमेरिकालगायत विश्वका अन्य देशमा पनि सम्पत्ति छ ।

समुन्द्रमा ‘तैरिरहेको दरबार’को मालिक

शेख तमिमले आफ्नो याटमा महिनाका केही दिन बिताउँछन् । यस याटलाई कटारा भनिन्छ र यो संसारको सबैभन्दा महँगो र विलासी याट भनिन्छ। करिब ४० करोड डलरको यो याट समुद्रमा तैरिरहेको दरबार जस्तै छ । १२४ मिटर लामो यो याटमा हेलिप्याड र कैयाैं डेकहरू छन्। यस याटमा ३५ पाहुना र ९० जना चालक दलका सदस्यहरूका लागि एकैसाथ बस्ने व्यवस्था रहेकाे छ ।

निजी एयरलाइन्सको मालिक पनि

कतारका राजाको आफ्नै निजी एयरलाइन्स पनि छ । सन् १९७७ मा राज परिवार र सरकारी उच्च अधिकारीलाई मात्र सेवा प्रदान गर्ने ‘कतार अमिरी एयरलाइन्स’ को आधार शिला राखिएको थियो । रिपोर्टका अनुसार यस एयरलाइनसँग हाल तीन बोइङ ७४७ सहित कम्तीमा १४ वटा विमान सञ्चालनमा छन्। प्रत्येक जहाजको लागत ४०० मिलियन डलर भन्दा बढी छ।

फुटबल क्लबका मालिक

शेख तमिमलाई लक्जरी कार पनि मनपर्छ । उनीसँग विश्वको सबैभन्दा महँगो कार छ । ती कारहरू बुगाटीदेखि फरारी,ल्याम्बोर्गिनी, रोल्स रोयससम्मका सवारी साधनहरू हुन्।

तमिमलाई खेलकुदमा निकै रुचि छ । उनको पहलमा कतारले फिफा विश्वकप आयोजनाको अधिकार पाएको हो । शेख तमिम सेन्ट जर्मन फुटबल क्लबका  मालिक पनि हुन्। भर्खरै राज परिवारले एससी ब्रागाको करिब २२ प्रतिशत शेयर खरिद गरेको छ। यो पोर्चुगलको सबैभन्दा प्रख्यात फुटबल क्लबहरू मध्येकाे एक हो।

प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Source: Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९.५६ अंक घटेर १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७७ अंक बढेर १९७२.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २९ स्टकको १४ लाख २४ हजार ७७८ रुपैयाँबराबरको २ हजार ६४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

तत्कालका लागि धितोपत्र बोर्डकाे अध्यक्षमा रितेश शाक्य

नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको भूमिका निर्वाह गर्ने भएका छन्। धितोपत्र ऐन २०६३ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको हो। जुन कानुन राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

“सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८०” गत चैत ३० मा प्रकाशित भएको हो। उक्त ऐन मार्फत एकै पटक २० वटा ऐन संशोधन भएका छन्। जसमा धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ पनि संशोधन भएको छ। सोही संशोधित ऐनले अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको भूमिका निर्वाह गर्ने भनेको छ। धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ पछि उपदफा ८ थप्दै उक्त व्यवस्था गरिएको हो।

“यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा ७ बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परि बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने छ,” उपदफा ८ मा उल्लेख छ।

ऐन राजपत्रमा प्रकाशित भइसकेको छ। उक्त अवस्थामा बोर्डमा अध्यक्षको हैसियतले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतले काम गर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए। अहिले अर्थ मन्त्रालयको तर्फबाट सहसचिव रितेश शाक्यले बोर्डमा सदस्यको भूमिका निर्वाह गर्दै आएका छन्। शाक्यले नै आगामी दिनमा बोर्ड अध्यक्षको भूमिका निर्वाह गर्ने छन्। उक्त ऐन आउनु पूर्व अर्थ मन्त्रालयले बोर्ड कै बरिष्ठतम् कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दैनिक कामकाजको जिम्मा दिएको थियो।

चीनकाे अर्थतन्त्र पहिलाे त्रैमासमा अपेक्षा भन्दा धेरैले बढ्याे

Source:Merolgani

कोरोना संक्रमणकालपछि चीनको आर्थिक अवस्था झन् बिग्रदै गएकाे छ । चीनमा घरजग्गा क्षेत्रमा पनि ठूलो गिरावट देखिएको छ । जसको दबाब चीनको बैंकिङ प्रणालीमा परेकाे छ ।

यसैबीच,मुद्रास्फीतिमा भएको वृद्धि र निर्माणमा कमजोरीले ड्र्यागनको चिन्ता बढाएको छ। तर, चीनले आफ्नो अर्थतन्त्र बलियो बनाउन कैयाैं कडा कदम चालेको छ । जसकाे प्रभाव अर्थतन्त्रमा देखिएकाे छ ।

यद्धपि चीनको अर्थतन्त्रले २०२४ काे पहिलो त्रैमासमा सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताइएको छ । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र जनवरी-मार्च त्रैमासमा ५.३ प्रतिशतको वार्षिक दरले वृद्धि भएको छ । विश्लेषकहरूले पहिलाे त्रैमासमा करिब ४.६ प्रतिशतकाे वृद्धि दर रहने अनुमान गरेका थिए । तर उक्त अनुमान भन्दा याे बढी हो । अघिल्लो त्रैमासको तुलनामा चीनकाे वृद्धिदर १.६ प्रतिशतले बढेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोको तथ्याङ्कले पनि पहिलो त्रैमासिक खुद्रा बिक्री वृद्धि पनि सार्वजनिक गरेकाे छ ।चिनियाँ उपभाेक्ताहरूकाे विश्वास मापन गर्ने खुद्रा बिक्री दर ३.१ प्रतिशतमा झरेको छ।

सोही अवधिमा सम्पत्ति लगानी दर पनि ९.५ प्रतिशतले घटेको छ । यस दरले चीनका घर जग्गा फर्महरूले सामना गरिरहेकाे चुनौतीहरूलाई दर्शाउँछ।

सन् २०२४ को लागि पनि ठूलो लक्ष्य 

चीनले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा वार्षिक आधारमा औद्योगिक उत्पादन ६.१ प्रतिशतले बढेको छ भने खुद्रा बिक्री दर वार्षिक ४.७ प्रतिशतले बढेको छ । नीति निर्माताहरूले चीनको अर्थतन्त्रलाई बढावा दिन कैयाैं वित्तीय र मौद्रिक नीति उपायहरू अपनाएका छन्। चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको महत्वाकांक्षी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि लक्ष्य राखेको छ।

जनसंख्या घट्नु चिन्ताको विषय 

एकातिर चीनको अवस्था राम्रो हुँदै गइरहेको छ । अर्कोतर्फ,मुलुकको घट्दो जनसंख्या चिन्ताको विषय बनेको छ । सन् २०२३ मा चीनको जनसङ्ख्या १ अर्ब ४१ करोडबाट घटेर १ अर्ब ४० करोडमा झरेकाे छ । संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार सन् २०५० सम्ममा चीनको जनसङ्ख्या घटेर १ अर्ब ३१ करोड पुग्नेछ । त्यसपछि २०५०सम्म यो करिब ८० करोडमा झर्नेछ।यसको प्रभाव विश्वभर देखिनेछ। जनसंख्या परिवर्तनले ‘विनाशको चक्र’ निम्त्याउन सक्छ जहाँ एउटा आर्थिक अवस्थाले नकारात्मक प्रभावहरू सिर्जना गर्छ। कम उत्पादकत्वले विशेष क्षेत्रहरूमा उत्पादनलाई असर गर्न थालेपछि चीनले ती उद्योगहरूमा माग पूरा गर्न आयात बढाउन बाध्य हुन सक्छ।

शेयरको भित्रि कारोबारमा प्रहरीले अनुसन्धान गर्ने भएपछि शेयर बजारमा बढ्यो बिक्री चाप, सूचक २,००० विन्दु तल झर्यो

Source:Merolagani

शेयरको भित्रि कारोबारमा प्रहरीले अनुसन्धान गर्ने भएपछि शेयर बजारमा बिक्री चाप बढेको छ। जसले गर्दा मंगलबार सूचक २००० विन्दु तल झरेको छ।

नेप्सेले यस दिन २,००० को मनोबैज्ञानिक सपोर्ट विन्दुलाई तोडेर तल झरेको हो।

मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ। पछिल्लो दिनहरुमा कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार कारोबार रकम २ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ। यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर कारोबार भएको हो।

धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ अर्थात शेयरमा भित्रि कारोबारमा अब प्रहरीले अनुसन्धान गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ । यसले लगानीकर्ताको मनोबल थप खस्केको छ। जसले गर्दा शेयर बजारमा बिक्री चाप बढेको देखिन्छ।

पूँजीबजार सुधारको लागि काम हुन नसकेको भन्दै निराश बनेका लगानीकर्तामा यसले झनै निराशा थपेको छ। जसले असर बजारमा देखिएको छ।

यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ४.४ प्रतिशतले बढेको छ। यता रुरु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ भने पोखरा फाइनान्सको ६.७४ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.५० प्रतिशतले घटेको छ।

मंगलबार गोर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख र पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू

Source:NEPSEALPHA

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो ।

चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ ।

सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा-सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो । नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ ।

नेप्सेमा गिरावट जारी, दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार

Source Merolgani

साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १६.८२ अंक घटेर २००६.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ५० हजार ५२४ पटकको कारोबारमा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ। यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चरको मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिवाईसि नेपाल लघुवित्तको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ७ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने

सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा सो सभा बोलाएको हो। सो सभा बेलुका ४ बजे शुरु हुनेछ।

सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

नेप्सेको फ्लोरसिटमा गम्भीर समस्या, खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक सबै उल्टो

Source:Merolgani

नेपाल स्टक एक्सचेञ्जको फ्लोरसिटमा गम्भीर समस्या देखिएको छ। आइतबारको कारोबारमा खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक नै गलत देखिएको छ।

आइतबारको कारोबारमा सबै कम्पनीको खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक उल्टो देखिएको हो। खरिद गरिएको शेयर बिक्री गरेको देखिएको छ भने बिक्री गरेको शेयर खरिद गरेको देखिएको छ।

उदाहारणको लागि आइतबार रावा इनजीको २२० कित्ता शेयर ब्रोरक नम्बर ६२ बाट बिक्री गरिएको थियो। तर सोहि कन्ट्रयाक नम्बर भएको कारोबार नेप्सेको फ्लोरसिटमा भने खरिद गरेको देखिएको छ। यो मात्रै होइन सबै कारोबारमा खरिद गर्ने र बिक्री गर्ने ब्रोकर उल्टो देखिएको छ।

  • हेर्नुहाेस टिएमएसबाट गरिएकाे काराेबारकाे विवरण

 

  • हेर्नुहाेस साेही काराेबारकाे नेप्सेकाे फ्लाेरसिटमा देखिएकाे विवरण

यसले सामान्य लगानीकर्तामा भने खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको गलत तथ्याँक जाने भएको छ। अहिले कतिपय लगानीकर्ता फ्लोरसिट विश्लेषण गरेर समेत बजारमा कारोबार गर्ने गरेकोमा त्यस्ता लगानीकर्तालाई भने यसले भ्रम सिर्जना गर्ने भएको छ।

यसले नेप्सेको आधिकारिक तथ्याँकमा नै प्रश्न उब्जाएको छ।

दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी

१ वैशाख, काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् ।

ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।

दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए ।

उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्रअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडी यस प्रकार छन् ।

हर्सल गिब्स

दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

युवराज सिंह

भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

काइरन पोलार्ड

वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।

जसकरण मलहोत्रा

अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।

Video

संसद् अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाबाट भएको हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ — सरकारले संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद् अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत अन्त्य भएको बताइन् ।

उनले स्वभाविक रुपमा भएको संसद् अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताए । उनले सरकार संसद्‌मा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताए ।

संसद्को एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् । त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद् अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ,’ मन्त्री शर्माले भनिन्, ‘सिद्धान्त र प्राथमिकतामा धेरै सल्लाह र सुझावहरु आएका छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ ।’

उनले अहिले सरकारको ध्यान नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नेमा केन्द्रीत रहेको बताइन् । उनले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद् अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताइन् ।

Source:Ekantipur

error: Content is protected !!
Scroll to Top
MacroNepal
Verified by MonsterInsights