सुनको भाउमा उतारचढाव जारी रहेको छ । सोमबार सस्तिएको सुनको भाउ मंगलबार स्थिर रहेको छ । असार ४ गते, छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।

मंगलबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८१५ रुपैयाँ पुगेको छ ।

सोमबार भने चाँदी सस्तिएको थियो । हिजो चाँदी तोलामा २० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ८०० रुपैयाँमा झरेको थियो ।

 

Resize text
Scroll to Top