प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताए । मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने बताएका हुन।

प्रधानमन्त्री दाहालले राजदुत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको बताए । उनले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताए । उनले राजदुत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताए

 

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समिकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदुतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदुतहरुलाई तीन महिना काम गर्न दिएको बताए ।
Resize text
Scroll to Top