बिहीबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँ किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Resize text
Scroll to Top