‘सहकारीको समस्या आर्थिक मात्रै होइन, राजनीतिक पनि हो’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको सातौं बैठक आज बसेको छ । समितिले सहकारी संस्थाहरुको समस्या र समाधानको उपायहरु लिखितरुपमा उपलब्ध गराउन पत्रचार गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले बताए ।

सरोकारवाला निकाय र राजनीतिक क्षेत्रबाट पनि सुझाव उपलब्ध गराउने गरि पत्रचार गर्ने थापाले बताए । थापाले भने, ‘सहकारी समस्या एउटा आर्थिक समस्या मात्रै होइन । सहकारीलाई अर्थतन्त्रको तीन खम्वा मध्ये एउटा खम्वा भएको कारण आर्थिक क्षेत्रमा चित्रण गरिएको छ । तर सहकारी क्षेत्रको विकास, विस्तार र प्रवद्धनसँग राजनीतिक क्षेत्र पनि जोडिएको छ । त्यसैले सहकारीमा देखिएका समस्या समाधान गर्न राजनीति सुझावहरु पनि जरुरी छन् ।’

 

छलफलमा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष डिबी बस्नेत, निवर्तमान अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top