साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब ४४ करोड, नाफा २८८ प्रतिशत बढ्यो

SOURCE: NEPALI PAISA

काठमाडौं : साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २८८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले १० करोड ७१ लाख नाफा कमाएको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै साहसको नाफामा पनि सुधार आएको हो । कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, वित्तीय खर्च ४७ करोड ६३ लाखबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको साहस उर्जाको जगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७३.३३ रुपैयाँ देखिएको छ ।

https://www.nepalipaisa.com/news-detail/72432

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top