भारी वर्षाका कारण युएई जलमग्न, उडान प्रभावित

Sourece : Merolgani
मरूभूमी र उच्च तापक्रमका लागि परिचित संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा मंगलबार भारी वर्षा भयाे । जसकारण युएई डुबानमा परेको छ । भीडभाड हुने यो सहरमा भारी वर्षा, आँधी हुरीका कारण जनजीवन पूर्णरुपमा ठप्प भएको छ ।

यससँगै सहरमा आएको बाढीले जलवायु परिवर्तनको चिन्ता बढाएको छ । अहिले युएईकाे सडक र घर समेत डुबानमा परेका छन् । त्यहाँका आवासीय समुदायले बाढीको सामना गर्नुपरेको छ । त्यहाँका बासिन्दाहरूले घरको छत, ढोका र झ्यालबाट पानी पसेको बताएका छन् । युएईभरिका विद्यालयहरू बन्द छन्। जुन बुधबारसम्म बन्द रहने बताइएको छ । दुबई सरकारले आफ्ना कर्मचारीहरूका लागि बुधबारसम्म घरबाट काम गर्ने समय बढाएको छ ।

युएईका कैयाैं क्षेत्रमा ८० घण्टामा २४ मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम बोर्डले ट्विटरमा पोस्ट गर्दै सबै बासिन्दाहरूलाई सावधानी अपनाउन र बाढी र जलमग्न क्षेत्रहरूबाट बच्न आग्रह गरेको छ। बहराइनमा राति मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । ओमान पार गरेपछि यो आँधी युएई, बहराइन र कतारसम्म पुगेको थियो । जहाँ दर्जनौं मानिस विनाशकारी बाढीमा फसेका छन् ।

मंगलबार भएकाे वर्षाका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि जलमग्न भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त एयर हबको रूपमा चिनिन्छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा जलमग्न

विमानस्थलमा पानी जमेको अवस्थालाई मध्यनजर गर्दै धेरै उडानहरू डाइभर्ट गरिएका छन् । दुबई विमानस्थलमा सामान्यतया बेलुकीपख करिब १०० जहाज आउँछन् तर त्यहाँको अहिलेकाे अवस्थाका कारण उडानलाई डाइभर्ट गरिएको थियो । तर, २५ मिनेटपछि भने बिस्तारै विमानको आवतजावत सुरु भएकाे थियाे।

भारी वर्षाका कारण उडान सञ्चालनमा ढिलाइ वा उडान रद्द भएको छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा धावनमार्ग पूरै डुबेको देख्न सकिन्छ । विमानस्थलको पार्किङ पनि आधा डुबेको छ । विमानस्थल जाने सडकमा पनि पानी जमेको देखिएको छ । दुबई सपिङ मल पनि घुँडासम्म पानीले भरिएको छ।

ओमान र बहराइनमा पनि बाढी

हाल भारी वर्षाका कारण दुबईका सडकहरु भत्किएका छन् भने विभिन्न घरको छाना,ढोका र झ्यालबाट पानी पर्न थालेको छ । आँधीको प्रभाव पनि दुबईभन्दा बाहिर फैलिएको छ । पूरै संयुक्त अरब इमिरेट्ससँगै छिमेकी देश बहराइन पनि बाढीले डुबेको छ । अहिलेको अवस्थालाई ध्यानमा राख्दै युएईमा विद्यालय बन्द गरिएको छ । अर्कोतर्फ, ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । आँधीका कारण बहराइनको अवस्था पनि नाजुक बनेको छ ।
एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top