सपोर्ट लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Table of Contents

सपोर्ट लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Source:Merolgani

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप १७.८२ प्रतिशत, सापटी ३०.३४ प्रतिशत र कर्जा २४.०२ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top