ROYAL BANK OF CANADA- PRICE,CHART,NEWS

CHART

NEWS

 

 

 

नेप्से, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बिहीबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १८.७६ अंक घटेर २०७६.४९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५८ हजार ११९ पटकको कारोबारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन समाज लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य २१९ रुपैयाँ बढेर २ हजार ४०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १० करोडभन्दा बढीको शेयर किनबचे भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

ENBRIDGE- LIVE PRICE,CHART AND NEWS

CHART

FUNDAMENTALS

NEWS

 

 

 

Resize text
Scroll to Top