भारतीय सेयर बजार लगातार दोस्रो दिन अल टाइम हाई विन्दुमा

काठमाडौं : भारतीय सेयर बजारले बुधबार लगातार दोस्रो दिन अल टाइम हाई रेकर्ड कायम गरेको छ । भारतका दुवै प्रमुख सेयर बजार सूचकहरु ऐतिहासिक उचाइमा पुगेका हुन् । बीएसई सेन्सेक्स सूचक ६२० अंकले बढेर हालसम्मकै उच्च ७८,६७४ विन्दुमा बन्द भएकोे छ । यस्तै, अर्को सूचक निफ्टी ५० पनि १४७ अंकले बढेर २३,८६८ विन्दुमा बन्द भएको छ । उक्त विन्दु यी दुवै सूचकको हालसम्मकै उच्च क्लोजिङ विन्दु हो ।
इन्ट्रा डे कारोबारमा भने सेन्सेक्स ७८,७५९ र निफ्टी २३,८८९ को अल टाइम हाई विन्दुसम्म पुगेका थिए । भारतका ब्लुचिप र ठूला कम्पनीहरुमा निरन्तर खरिद चाप देखिएपछि सेयर बजार सूचकले लगातार अल टाइम हाई रेकर्ड बनाउँदै गएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । भारतीय बजार मंगलबार पनि रेकर्ड उच्च विन्दुमा पुगेको थियो ।
यता, पछिल्लो समय भारतमा विदेशी संस्थागत लगानीकर्ताहरुले पनि खरिद बढाउन थालेको अनुमान गरिएको छ । साथै, भारतीय अर्थतन्त्रप्रति लगानीकर्ताहरु सकारात्मक रहनु, ब्याजदर कटौतीको सम्भावनालगायत कारणहरुले पनि भारतीय सेयर बजार निरन्तर रेकर्ड यात्रामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top