लक्ष्मी स्टील्सको व्यापार ९ अर्ब ४४ करोड

काठमाडौ : लक्ष्मी स्टील्स लिमिटेडले सन् २०२३ मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १०.५४ प्रतिशत धेरै हो । सन् २०२२ मा यस कम्पनीले ८ अर्ब ५४ करोड ३० लाख, सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब १७ करोड ९० लाख व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
लक्ष्मी स्टील्समा सौरभ समूहको लगानी छ । यसको एउटा प्लान्ट सुनुवाल, नवलपरासीमा छ । कम्पनी १ दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको छ । यसको कुल स्थापित क्षमता प्रतिवर्ष ३ लाख ५० हजार मेट्रिक टन रहेको छ । यसले टीएमटी स्टील बार, बिलेट र तारको निर्माणमा गर्छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव गत पुस २९ गतेको साधारण सभामा पेश गरेको थियो । यसअनुसार कम्पनी आइपीओ बिक्रीको तयारीमा छ ।
यसले ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा लङ ट्रम १८ करोड ९० लाखका लाउ ‘आइएनबीबीबी माइनस’ र सट्र ट्रम ३ अर्ब २० करोडका लागि ‘आइआरएन ए३’ रेटिङ प्राप्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top