नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ

 नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ। कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा मात्र दुईजना उम्मेदवार उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले यो प्रक्रिया शुक्रबार रद्द गरेको हो। समितिले सूचनामा प्रक्रिया रद्द गर्नुको विशेष कारण भने खुलाएको छैन।

सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका निम्ति गठन भएको समितिको २०८१/०३/१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निम्ति नाम सिफारिस गर्नको लागि २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको छ।”

समितिले यो निर्णय किन गरेको भन्ने विषयमा थप स्पष्टता दिन भने बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top