भारतमा भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा मङ्गलवारको भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुगेको छ । धेरै घाइतेहरु अस्पतालमा भर्ना भएका र केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार हातरसको सिकन्दरा राव क्षेत्रमा भएको धार्मिक सभामा झन्डै ५० हजार मानिस भेला भएका थिए । भीडलाई व्यवस्थित गर्न घटनास्थलमा ४० जना मात्रै प्रहरी तैनाथ रहेको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै ‘पीडितलाई सक्दो सहयोग गरिने’ बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top