प्रहरीद्वारा भारतीयको फ्ल्याटमा छापा

प्रहरीले सुन र सुन गाल्ने मेसिन तथा नगद ५० लाख रूपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार भारतीय नागरिकको फ्ल्याटमा छापा मार्दै ललितपुर प्रहरीले उक्त सामाग्री बरादम गरेकाे हाे

प्रहरीले भारतको महाराष्ट्र आडवारी थाना स्थायी घर भएका तर हाल ललितपुरको ताल्छिखेलका २८ वर्षका युवराज विभुते र भारतीय नागरिक २० वर्षका बिक्रम यलवर पक्राउ गरेकाे हाे । यस्तै, १८ वर्षका भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवा घर भएका २० वर्षका सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षका यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

प्रहरीले १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद गरेकाे हाे।

शुक्रबार बिहान ललितपुर महानगरपालिका–१४काे एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएकै आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले भारतीय नागरिक युवराजको फ्ल्याटमा छापा मारेकाे थियाे । सोहि क्रममा ५० लाख नगदसहित सुन समेत बरामद भएको हाे ।उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइने भएकाे छ ।

 

Resize text
Scroll to Top