‘सरकार घोर अल्पमतमा पर्यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छ’

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

सांसद गैरेले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए । उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताए । उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे ।

उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनै पनि योजनाहरु कामयावी हुन नसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top